Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

साठीवटा क्याम्पसमा एकैपटक सूचना माग


२४ माघ २०७३, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ ।

सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा आइतबार काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो ।

फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता कुमार चौलागाईंले आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन हुलाकमार्फत निवेदन दर्ता गरिएको प्रमुख दाहालले जानकारी दिए ।

उनीहरूले निवेदनमा त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षणका लागि त्रिवि केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण महाशाखाबाट खटिई आउने टोलीको नामावली र केन्द्रबाट त्यस क्याम्पसलाई लेखेको पत्रको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आव २०७२÷७३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षण कार्य कुन मितिदेखि सुरु भई कति दिनमा सम्पन्न भयो । सो आन्तरिक लेखापरीक्षण अवधिमा के के शीर्षकमा कति खर्च भएको छ । सो वास्तविक खर्चको स्वीकृत विवरणको प्रमाणित प्रतिलिपि तथा त्यस क्याम्पसमा सूचनाको हकसम्बन्धी ऐनको दफा (६) बमोजिम कसलाई सूचना अधिकारी तोकिएको छ । सूचना अधिकारीको नाम, पद, फाँट, सम्पर्क नम्बर र कोठा नम्बर सहितको विवरणको प्रमाणित प्रतिलिपि माग गरेका छन् ।

प्रमुख दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनभिज्ञ रहेकाले आफूले सूचना माग गरेको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस