Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चोरिएको नवजात शिशु तीन दिनपछि फेला


प्रशासन संवाददाता

२३ माघ २०७३, आइतबार


पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आइतवार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो ।

गत शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डको बेड नं ६५ बाट हराएको बच्चा लालसादेवीले चोरी ल्याएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिए ।

उनले विवाह भएको पाँच वर्ष बित्दासमेत सन्तान नभएका कारण अस्पतालबाट लालसादेवीले वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानकी श्रीमती आशादेवी पासवानले जन्माएको बच्चा लालसा देवीले चोरी गरेको अनुसन्धानबाट खुलेको बताए ।

पक्राउ परेकी महिला लालसादेवीलाई कानुनबमोजिम कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिइएको बताउँदै उपाध्यायले अस्पतालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन चौबिसै घण्टा सादा पोसाकमा प्रहरी खटाउन पनि स्थानीय प्रहरी प्रशासनलाई आदेशसमेत दिएको बताए ।

घटनाको ४८ घण्टा नबित्दै बच्चाको सकुशल उद्धार र दोषी महिलालाई कानुनको दायरामा ल्याउन सफल भएका पर्साका प्रहरी उपरीक्षक गोविन्द साहलगायतका सुरक्षा अधिकारीलाई उपाध्यायले बधाई दिँदै उनले समाजमा भएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेपनि अपराध न्यूनीकरणका लागि समाजको सहयोग आवश्यक रहेको आवधारणा व्यक्त गरे ।

आइतवार दिउँसो करिब २ बजेको समयमा प्रहरीले उद्धार गरेको नवजात शिशुलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उद्धार गरिएको बच्चाको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेट चित्तरञ्जन साहले सञ्चारकर्मीलाई जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस