निर्वाचनमा जानुको बिकल्प छैनः पौडेल « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

निर्वाचनमा जानुको बिकल्प छैनः पौडेल


प्रशासन संवाददाता

२३ माघ २०७३, आइतबार


वालिङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।

वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छैटौँ वालिङ महोत्सवको समापन गर्दै नेता पौडेलले आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरी देशलाई समृद्धितर्फ लैजानुपर्ने बताए । “संविधान निर्माणका क्रममा एउटै ठाउँमा उभिएका दलहरु संविधानको कार्यान्वयनका लागि पनि एकै ठाउँमा उभिएर देशलाई विद्यमान सङ्क्रमणकालबाट बचाउनु आवश्यक छ,” उनले भने ।

मधेसमा देखिएका समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न सकिने उनको भनाइ थियो । मधेसीका जायज गुनासालाई सम्बोधन गरिने तर राष्ट्रियतामाथि आँच आउने गरी भने गर्न नसकिने पौडेलले बताए । उनले संविधान संसोधनका क्रममा मधेसवादी दललाई सर्तमाथि सर्तहरु अगाडि नसार्न पनि आग्रह गरे ।रासस

प्रतिक्रिया दिनुहोस