निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्नेः अध्यक्ष थापा « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्नेः अध्यक्ष थापा


२३ माघ २०७३, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा संविधान कार्यान्वयन गर्न निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ सेन्टिनियल लाइन्स क्लबको सुभारम्भ गर्दै उनले प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपाललाई संविधान कार्यान्वयन गरी शान्ति र प्रगतिको बाटोमा लैजानुपर्नेमा जोड दिए ।

मुलुकमा सामाजिक र मानवीय सेवामा लाइन्स क्लवका सदस्य सक्रिय भएकामा खुसी व्यक्त गर्दै त्यसले उनीहरुको प्रतिरक्षा बढाएको उनले बताए ।

नवगठित लाइन्स क्लबका गभर्नर दिनेशमणि कार्कीले भूकम्प, प्राकृतिक प्रकोपजस्ता विपत्तिमा सहयोग पुर्याउँदै आएको संस्थाले नेपालमा २५ हजार, अन्तर्राष्ट्रियमा १४ लाख सदस्य र २१२ राष्ट्रमा यसको सञ्जाल पुगेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस