आगलागीबाट २० लाखको क्षति « प्रशासन
Logo १९ मंसिर २०७९, सोमबार
   

आगलागीबाट २० लाखको क्षति


२३ माघ २०७३, आइतबार


पाँचथर । पाँचथरको भारपा–५ मा आज बिहान एक व्यक्तिको घर पूर्णरुपमा जलेर नष्ट हुँदा २० लाख बरावरको क्षति भएको छ ।

स्थानीय टीकाराम श्रेष्ठको घरमा विद्युत सर्ट भई लागेको आगोबाट घरमा भएको ४० हजार, सुन अढाई तोला, सोलार एक सेट, लत्ताकपडा, भाँडावर्तनलगायत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरी चौकी जोरपोखरीका प्रमुख जितबहादुर तामाङले जानकारी दिए ।

आगलागी स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना र वारुणयन्त्रको प्रयासमा तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस