३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेमौसममा सगरमाथाको शिखरतर्फ स्पेनी नागरिक

अ+ अ-

सोलुखुम्बु । भारी हिमपात र मध्य चिसोका बीच सर्वोच्च शिखर सगरमाथा चुमेर नयाँ रेकर्ड कायम गर्न भन्दै स्पेनियाली नागरिक त्यसतर्फ लागेका छन् ।

स्पेनका जोन एलेन्ज्ड चिकन अहिले सगरमाथाको क्याम्प–४ मा पुगिसकेका छन् । सेभेन समिट एक्पिडिसनमार्फत उनीसँगै गएका अर्का स्पेनिस नागरिक कार्लोस भने क्याम्प–३ पुगेपछि बिरामी परेका कारण काठमाडौँ फर्किएका थिए ।

विन्टर अर्थात् चिसो मौसम सगरमाथा आरोहणका लागि प्रतिकूल समय मानिन्छ । भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण खतरनाक मानिन्छ । छोटो समयमा बेमौसममा सगरमाथा आरोहण गरी नयाँ रेकर्ड बनाउन उनी सगरमाथा आरोहणमा गएको सेभेन समिटका प्रबन्धक निमेष कार्कीले जानकारी दिए ।

जोनले आगामी फेब्रवरी १४ अर्थात् फागुनको ३ गते सगरमाथाको चुचुरो चुम्ने योजना रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी नाम्चेले जनाएको छ ।

क्याम्प–४ मै बसेर आफूलाई मौसम अनुकूल बनाएर जोनले सगरमाथाको दक्षिणी मोहोडाबाट शिखर चुम्ने योजना छ । उनीसँगै सेभेन समिटबाट आएका शेर्पा सहयोगी र आइसफल डक्टरहरु लिएर उनी आधार शिविरबाट उकालो लागेको बताइएको छ ।

बेमौसममा आङ्रिता शेर्पासहित धेरै नेपालीले सगरमाथा आरोहण गरिसकेको भन्दै जोनको आरोहण साहसिकमात्रै हुने सगरमाथा आरोही सङ्घका अध्यक्ष आङ्मायाँ शेर्पाले बताए ।

उनकै लागि सरकारको सम्पर्क अधिकृतका रुपमा आएका पुरातत्व विभागका अधिकृत पदमजङ्ग राईको गत पुस २७ गते आधारशिविर नजिकै हाई अल्टिच्युड सिकनेस (लेक लाग्ने) का कारण मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस