थापा निर्विरोध निर्वाचित « प्रशासन
Logo २९ आश्विन २०७८, शुक्रबार
   

थापा निर्विरोध निर्वाचित


२२ माघ २०७३, शनिबार


हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं. १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्र नं. २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं. ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी क्षेत्रीय अध्यक्षमा क्षेत्र नं. १ बाट राजाराम अर्याल, क्षेत्र नं. २ बाट प्रमोदलाल श्रेष्ठ, क्षेत्र नं. ३ बाट धुर्व सन्जेल र क्षेत्र नं. ४ बाट गोविन्द रिजाल निर्विरोध निर्वाचित भएका राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस