१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रमा छिट्टै क्रान्ति ल्याउदैंछौंः प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको पर्यटन क्षेत्रमा क्रान्ति नै ल्याउने गरी वर्तमान सरकारले काम अघि बढाइरहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेपाल पर्यटन व्यावसायी संगठनको राष्ट्रिय एकता भेला उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले गरिरहेको तयारीले आगामी केही बर्षभित्रै पर्यटन उद्योगले नेपाललाई विश्वकै एक सम्वृद्ध राष्ट्रका रुपमा स्थापित गर्ने बताएका हुन् । प्रधानमन्त्रीले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको बताउँदै चीनसँगका केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको जानकारी दिए।

प्रधानमन्त्रीले सडक, रेल र हवाई मार्गको विस्तार एवम् नेपालभित्र भौतिक पूर्वाधारको विकासले पर्यटकहरुको बृद्धि हुने बताउँदै अव नेपाललाई एक बलियो, एकतावद्ध र सम्वृद्ध राष्ट्र बन्नवाट कसैले रोक्न नसक्ने स्पष्ट पारे । उनले देशलाई विखण्डन पार्ने, जाति र समुदायमा फूट ल्याउन खोज्ने एवम् मधेश, पहाड र हिमालमा द्वन्द गराउन चाहनेहरुको भण्डाफोर गर्नुपर्ने वताउँदै वर्तमान सरकार राष्ट्रिय एकता वलियो वनाएर सम्वृद्ध नेपाल निर्माणमा अघि बढेको बताए । उनले नेपालमा राजनीतिक स्थायीत्व र सम्वृद्धि हासिल गर्न सक्यौ भने देश विश्वकै सम्वृद्ध राष्ट्र बन्ने बताए । प्रधानमन्त्रीले रारा तालमा मन्त्रिपरिषदको बैठक बसेर राराको सुन्दरतालाई विश्वमै चिनाउने उद्घोष गर्दै पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस