Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पहिलोपटक अत्याधुनकि उपकरणबाट उपचार सुरु


२१ माघ २०७३, शुक्रबार


काठमाडौँ । मानव शरीरका जुनसुकै अङ्गको तस्बिर खिचेर उपचारमा सघाउने अत्याधुनिक उपकरण कम्युटराइज्ड टोमोग्राफी जेमस्टोन स्पेक्ट्रल इमेजिङ (सिटी स्क्यान जिएसआई)बाट नेपालमै सेवा प्रवाह थालिएको छ ।

नवीनतम् प्रविधियुक्त उक्त उपकरणले मुटु र रक्तनलीलाई प्रष्टसँग देखाउने भएकाले मानवमा हुनसक्ने मुटु रोगको उत्कृष्ट उपचारमा यसको प्रयोग हुने गरेको सम्बद्ध चिकित्सकहरूले बताएका छन् ।

रोटरी फाउण्डेशनको सहयोगमा जमलस्थित ग्रान्डी सिटी हस्पिटलको मणिहर्ष डाइग्नोष्टिक सेन्टरले मुलुकमा पहिलोपटक सुरु गरेको उक्त सेवाको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बिहीवार आयोजित एक कार्यक्रममा शुभारम्भ गरे ।

करिब १६ करोड मूल्य बराबरको उक्त उपकरणबाट सबै चिकित्सकीय समस्याको समाधान दिनसक्ने बताइएको छ ।

सो अवसरमा मन्त्री थापाले आम नेपालीलाई सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै जनसाधरणलाई सेवा प्रवाह गर्न अत्याधुनिक सुविधायुक्त सेन्टरसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए ।

मणिहर्ष सेन्टरका अध्यक्ष रुप ज्योतिले संस्थागत सामाजिक उत्तरदायित्वबाट सेन्टर नचुक्ने बताउँदै सेवा प्रारम्भको अवसरमा विशेष छुटसहित न्यूनतम मूल्यमा सिटी स्क्यानको व्यवस्था गरिएको घोषणा गरे । रासस

प्रतिक्रिया दिनुहोस