Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालद्वारा दक्षिण अफ्रिका पराजित


२१ माघ २०७३, शुक्रबार


काठमाडौँ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि खेलेको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५९ रनले र दोस्रो अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थिए ।

बिहीवारको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले नेपालसामु १४७ रनको चुनौती प्रस्तुत गरेका थिए । जवाफी ब्याटिङमा उत्रेका नेपालले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।

नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै सुनिल रानामगरले ३८ तथा रमेशबहादुर बानियाँले २४ रन जोडे । यता दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रनको योगफल बनाएको थियो ।

दक्षिण अफ्रिकाका सनवाबीले बिड्लाले ५७, डोमिनिक स्कटले ३३ तथा बुह्ले भिड्लाले ३२ रन जोडे । बलिङतर्फ नेपालका सुनिल रानामगरले दुई तथा कृतन श्रेष्ठले १ विकेट लिए । नेपालले शुक्रवार पाकिस्तानसँग खेल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस