Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इच्छामृत्युमा ‘एमिकस क्युरी’


२१ माघ २०७३, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ ।

न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले बिहीवार यो विषय गम्भीर प्रकृतिको भएको हुँदा बृहत् छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो । मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन बारलाई अदालतले आग्रह गरेको हो ।

बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तमप्रसाद रिमालले करिब दुई वर्षअघि रिट निवेदन दायर गरेका थिए । निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस