विद्युत महसुल संकलनलाई सहज बनाउन उर्जा मन्त्रालयलाई मुख्य सचिवको निर्देशन « प्रशासन
prasaLogo
२० माघ २०७३, बिहीबार

विद्युत महसुल संकलनलाई सहज बनाउन उर्जा मन्त्रालयलाई मुख्य सचिवको निर्देशन


प्रकाशित मिति : 2 February, 2017 9:42 pm

काठमाडौं । मुख्य सचिव डा. सोमलाल सुवेदीले ग्रामीण क्षेत्रका जनतालाई विद्युत महसुल बुझाउन महसुल काउण्टरको व्यवस्था गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मुख्य सचिवले उर्जा मन्त्रालयका सचिवलाई पत्र लेख्दै ग्रामीण क्षेत्रका दूरदराजका जनतालाई महसुल बुझाउन महसुल काउण्टर नहुँदा समस्या परेको जनगुनासो आफूकोमा आएको भन्दै त्यसलाई सहज बनाउन निर्देशन दिएका हुन् । उनले आफूले यसबारेमा यसअघि दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयको ध्यानकर्षणसमेत गराएका छन् । उनले यस विषयको गाम्भिर्यतालाई ध्यान दिइ ग्रामीण क्षेत्रका नगरपालिकाहरुमा सोही ठाउँमा संकलन केन्द्र र अन्य ग्रामीण क्षेत्रमा मोवाइल सेवा वा अन्य बैकल्पिक माध्यमबाट जनताले अधिकतम नजिकबाट महसुल बुझाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मुख्यसचिवले सहरी क्षेत्रमा भने बैंकिङ माध्यमबाट महसुल बुझाउने व्यवस्था गर्न, विकास निर्माणका कार्यहरुमा विद्युतका पोलहरु हटाउने, व्यवस्थापन गर्ने जस्ता कार्यमा तदारुकता ल्याइ समन्वयात्मक ढंगले कार्य सम्पादन गर्ने गराउने व्यवस्था मातहतका सवै निकायमा गराउन निर्देशन दिएका छन् ।

मुख्य सचिवको पत्र

विद्युत महसुल संकलनलाई सहज बनाउने

प्रतिक्रिया दिनुहोस