सिके राउत पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिके राउत पक्राउ


प्रशासन संवाददाता

२० माघ २०७३, बिहिबार


जनकपुरधाम । मधेसमा छुट्टै राज्यको माग गर्दै अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले बिहीवार दिउसो पक्राउ गरेको छ । जनकपुरको माछाबजार रहेको डेराबाट नै उनलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लाहानले पत्राचार गरी राउतलाई पक्राउ गर्न आग्रह गरेपछि उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

राउतविरुद्ध राज्य विरूद्धको संगठित अपराध मुद्दा दर्ता भएपछि सिराहा र धनुषाको प्रहरीको संयुक्त टोलीले राउतलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस