Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तीस हजार कुष्ठरोग प्रभावित


२० माघ २०७३, बिहिबार


काठमाडौँ । पछिल्लो तीन वर्षमा कुष्ठरोगीको सङ्ख्या वृद्वि भइरहेको छ ।

नेपालमा प्रत्येक वर्ष तीन हजार नयाँ कुष्ठरोगी देखिने गरेको बताइएको छ । स्वास्थ्य मन्त्रालयको यसै तथ्याङ्कलाई आधारमा मान्ने हो भने सन् २०२० सम्म कुष्ठरोग निवारण देश बनाउने लक्ष्य पूरा हुन चुनौती देखिएको छ ।

संसारभरि कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेका अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिँदैन । नेपालमा प्रतिवर्ष तीन हजार एक सय र विश्वभरमा दुई लाख १० हजार व्यक्ति बहुऔषधोपचारले कुष्ठरोगबाट मुक्त भएको विश्व स्वास्थ्य सङ्गठनले देखाएको छ । नेपालमा हाल करिब ३० हजार कुष्ठरोग प्रभावित भएको तथा करिब ३३ हजार सोही रोगबाट अपाङ्गता भएका व्यक्ति छन् ।

नेपाल वि.सं. २०६५ (सन् २००८तिर) मा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि वि.सं. सन् २०१० यता कुष्ठरोगीको सङ्ख्यामा कमी नआएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । समयमै रोग पहिचान गरी उपचारमा जान नसक्नु ठूलो समस्या भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६४ औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा बुधवारआयोजना गरेको अन्तरक्रियामा बताउँदै कुष्ठरोगका कारण अपाङ्गतासम्बन्धी थप जिम्मेवारी आएको उल्लेख गरे ।

विभागका उपमहानिर्देशक एवम् कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले दक्षिण एसियाली देशमा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको र नेपालको तराई क्षेत्रमा सो रोगको सङ्क्रमण बढी रहेको बताए । उनले भने, “छिमेकी मुलुक भारतमा अहिले एक लाख ३७ हजार कुष्ठरोगका बिरामी छन् । खुला सिमानाका कारण नेपालमा पनि यसको सङ्क्रमण उत्तिकै छ । त्यसैले नेपालले मात्र न्यूनीकरणका लागि काम गरेर हुँदैन, दुवै देशले मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।” महाशाखाका अनुसार हाल बाँके र बर्दिया जिल्लामा कुष्ठरोगीको सङ्ख्या अधिक छ ।

कुष्ठरोग निवारण हुन बाँकी अछाम, मुगु, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, सप्तरी, मोरङ र झापा जिल्लालाई सन् २०२० (विसं २०७७ तिर) सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको महाशाखा प्रमुख डा. पाण्डेले बताए । उनका अनुसार ५० जिल्ला कुष्ठरोग निवारणको अवस्थामा छन् । हाल डोल्पा, मुस्ताङ, मनाङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुर मात्र कुष्ठरोगमुक्त क्षेत्रका रुपमा छन् ।

नेपालमा हाल दुई हजार पाँच सय जना कुष्ठरोगीको उपचार भइरहेको महाशाखाले जनाएको छ । मानिसको खुट्टा कमजोर हुँदै गएमा, हातखुट्टा पोल्ने र निदाएजस्तो भएमा, छालामा रातो वा फुस्रो रङको दाग देखा परेमा, आँखी भौँं झरेमा वा पातलो भएमा, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो भएमा, लगातार हातखुट्टा झमझम गरेमा र नाक थेप्चो भएर गएको भेटिएमा कुष्ठरोगको लक्षण हुन सक्छ । रासस

प्रतिक्रिया दिनुहोस