खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य वृद्धि « प्रशासन
prasaLogo
२० माघ २०७३, बिहीबार

खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य वृद्धि


प्रकाशित मिति : 2 February, 2017 6:38 am

काठमाडौँ । खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैया वृद्धि भएको छ ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए ।

“यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उनले भने । इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको उनको भनाइ छ ।

यसभन्दा अघि प्रतिसिलिन्डर एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस