Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचन आयोग अन्योलको अवस्थामाः प्रमुख आयुक्त यादव


१९ माघ २०७३, बुधबार


पर्वत (फलेवास) । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तह वा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारेमा आयोग अन्योलमा परेको बताएका छन् ।

बुधवार पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित सरोकारवालासँगकोे अन्तरक्रिया कार्यक्रममा उनले भने – सरकारले निर्वाचनको मिति घोषणा गर्न नसक्दा आयोग अन्योलमा परेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोग, सांसद र आमजनता समेत कुन तहको निर्वाचन हुन्छ भन्नेमा अन्योलमा छन्, यस्तो अवस्था रहिरहनु हुँदैन भने ।

अहिले निर्वाचन गर्ने सुनौलो मौका आएको छ उनले भने– “यस्तो अवस्थामा पनि दलहरुबीच सहमति हुननसक्नु र निर्वाचनको मिति घोषणा हुननसक्नु मुलुककै लागि दुर्भाग्य हो ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले जेठपछि निर्वाचन गर्न समस्या आइपर्ने बताउँदै वैशाख मसान्तभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन गराउनका लागि १२० दिन आवश्यक पर्ने भए पनि सरकारले मिति घोषणा गरेमा ९० दिनमै तयारी गर्न आयोग सक्षम रहेको चर्चा गर्दै स्थानीय तह वा निकाय जुनसुकै निर्वाचन गर्न पनि आयोग तयारी अवस्थामा रहेको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले “स्वच्छ, र निष्पक्ष निर्वाचनको व्यवस्थापन गर्नका लागि न्यूनतम १२० दिन आवश्यक पर्छ, यदि सरकारले ढिलोगरी मिति घोषणा गरेमा पनि हामी ९० दिनभित्रमा आवश्यक सबै तयारी गर्नसक्छौँ भन्दै यद्यपि छोटो समय भयो भने केही समस्या भन्ने आउने बताए ।

आगामी निर्वाचनमा आयोगको आचारसंहिता पालनामा शून्य सहनशीलता अपनाउने बताउँदै उनले कुनै पार्टी वा उम्मेदवारलाई आचारसंहिताको उल्लङ्घन गर्न नदिनका लागि आयोगले आवश्यक व्यवस्थापन गरिसकेको उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले यदि आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा आयोगले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट पार्दै स्वच्छ र निष्पक्ष निर्वाचन नै लोकतन्त्रका सुन्दर पक्ष भएकाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोगले तयारी गरेको छ भने ।

उनले जिल्लास्थित सुरक्षा निकाय र कर्मचारीलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिए ।

कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशीले सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउँदै स्थानीय तहकै निर्वाचन गर्नुपर्ने अहिलेको आवश्यकता छ भने । रासस

प्रतिक्रिया दिनुहोस