१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निकायकै निर्वाचन पहिलेः महामन्त्री कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय तह नभई निकायकै निर्वाचन हुनुपर्ने बताएका छन् ।

भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रको शुभारम्भ एवम् लिटिल योङ प्रिन्सेस अफ द युनिभर्स २०१७ विजेता रक्षा थापालाई सम्मान गर्न बिहिवारआयोजना गरिएको कार्यक्रममा उनले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न स्थानीय तहको निर्वाचनमा जान नभ्याइने बताए ।

“पहिलो प्राथमिकताका साथ स्थानीय निकायकै निर्वाचन गर्नुपर्छ भन्ने मेरो धारणा छ, यो विचार दलको होइन, दोस्रो प्राथमिकतामा सीमाङ्कन पारित गरिनुपर्छ, त्यसपछि प्रदेश निर्वाचन गरिनुपर्छ, स्थानीय निकाय निर्वाचनपछि वातावरण खुकुलो हुन्छ”–उनले भने ।

तराईका केही जिल्ला ५ नम्बर प्रदेशबाट झिकेर ४ नम्बरमा राख्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको विरोधमा ठूलो जनसमुदाय लागेकाले त्यसको सम्बोधन सुझबुझपूर्ण तरिकाले गरिनुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले बिपीले भने भएअनुसार प्रत्येक नेपालीको सानो घर, बिरामी हुँदा औषधोपचारको व्यवस्था, बालबालिकालाई अध्ययन गराउन सक्ने हैसियतको बनाउनु नै लोककल्याणकारी राज्यको नमुना भएको उल्लेख गरे ।

“बिपीको यो विचारबाट काँग्रेस अलग भयो भन्ने जनगुनासो छ, प्रजातान्त्रिक समाजवादलाई पनि बिपीले यसरी नै परिभाषित गरेकाले यसलाई पूरा गरिनुपर्छ, नेपालीको जीवनस्तर उकास्न यसको आवश्यकता छ”– उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा, योङ प्रिन्सेस उपाधि विजेता थापा र केन्द्रका अध्यक्ष बलदेव तामाङलगायतका वक्ताले सरल र सादगी जीवन बिताउनुभएका स्व भीमबहादुरको विचार ‘सबैको पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने’ को सान्दर्भिकता आजका दिनमा अझ बढेको चर्चा गरे । रासस

प्रतिक्रिया दिनुहोस