अतिथि रिसोर्ट ट्रिप एडभाइजरको छनौटमा चौथो स्थानमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अतिथि रिसोर्ट ट्रिप एडभाइजरको छनौटमा चौथो स्थानमा


१९ माघ २०७३, बुधबार


पोखरा । पोखराको लेकसाइडमा सञ्चालनमा आएको अतिथि रिसोर्ट एण्ड स्पा यो वर्ष ट्रिप एडभाइजरको छनौटमा चौथो स्थानमा परेको छ ।

सन् २०१३ को जुलाइदेखि सुरु भएको सो रिसोर्टले स्थापनाको चौथो वर्षमै एडभाइजरको छनौटमा तीन पटक पर्न सफल भएकोे छ ।

रिसोर्ट सन् २०१४ मा छैठौं र २०१५ मा आठौँ स्थानमा परेको थियो । अतिथि रिसोर्टसँगै पोखराको पाँचतारे होटल पोखरा ग्राण्ड पाँचौ स्थानमा परेको छ । ट्रिप एडभाइजरले छनौट गरेका नेपालका दशौं स्थानमध्ये काठमाडौंका सात र नगरकोटको एक होटल छन् ।

पोखराको नयाँबजारमा बस्ने एकै परिवारका चार दाजुभाईहरुले रु २५ करोडको लागतमा सो रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो । चार दाजुभाइ रामजी, लक्ष्मण, भरत र शत्रुघन पौडेलले सञ्चालन गरेको सो होटलबाट हाल ९० जनाले रोजगारी पाएका छन् ।

होटलको सेवा, सुविधा र पूर्वाधारको आधारमा त्यहाँ बसेका विदेशी पाहुनाले दिएको सुझाव र सल्लाहमा ट्रिप एडभाईजरले बर्सेनि उत्कृष्ट होटलको छनौट गर्दै आएको सञ्चालक भरत पौडेलले बताए ।

उत्कृष्टताको सूची हेरेर धेरैजसो विदेशी पाहुनाले अनलाइनबाटै होटलको बुकिङ गर्ने गरेको र होटलको सेवा र सुविधा आगामी दिनमा अझै वढाउँदै सबैभन्दा उत्कृष्टमा लैजाने सञ्चालक पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस