Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकैपटक होचोबाट अग्लो स्थानसम्म यात्रा गर्दा खतरा


१८ माघ २०७३, मंगलबार


काठमाडौँ । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पुर्याउनुहोस्, बिरामी पर्नुहोला ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन् ।

हिमालय उद्धार सङ्घले सन् २०१६ मा लेक लागेका दुई हजार ७०० व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने झन्डै चार हजार जनालाई हाई अल्टिच्युडसम्बन्धी जनचेतना प्रदान गरेको छ ।

सङ्घले स्वदेशी तथा विदेशी पर्यटक एकैपटक कम उचाइ भएको स्थानबाट उच्च स्थानमा जाँदा लेक लाग्ने र बिरामी पर्ने गरेकाले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

सङ्घका अध्यक्ष देवीबहादुर कोइरालाले पछिल्लो समय मनाङको खाङसारसम्म मोटरबाटो पुगेको र एकै दिनमा काठमाडौँदेखि मनाङसम्मको यात्रा गर्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक बिरामी हुने गरेको बताए ।

उनले भने, “दैनिक ५०० मिटर उचाइसम्म मात्र यात्रा गर्नुपर्छ तर एकहजार ४०० मिटर उचाइमा रहेको काठमाडौँदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको मनाङको खाङसारसम्म पुग्दा अधिकांश पर्यटक बिरामी भएका छन् ।”

धेरै मानिस बिरामी भएपछि सङ्घले मनाङमा होटल, रेस्टुराँ सञ्चालन गर्ने २२ जनालाई लेक लाग्दा कसरी मानिसलाई जोगाउने भन्नेबारेमा सोमबार तालिम प्रदान गरेको छ । सो तालिममा आन्तरिक पर्यटकलाई कसरी सुरक्षित गन्तव्यसम्म पु¥याउने भन्नेबारेमा सिकाइएको हो ।

सङ्घले हाल मनाङ, एभरेस्ट बेसक्याम्प र सोलुखुम्बुको फेरुचेमा हाइ अल्टिच्युडबाट बिरामी भएका मानिसलाई सेवा प्रदान गरेको छ भने गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा स्वास्थ्यसेवा प्रदान गर्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस