धुलो न्यूनीकरण विधि अपनाएर सडक बनाउन आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धुलो न्यूनीकरण विधि अपनाएर सडक बनाउन आदेश


१८ माघ २०७३, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको सडक निर्माण गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाएर मात्र निर्माण गर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई सो आदेश दिएको हो । आदेशमा तत्काल धुलो न्यूनीकरण भए÷नभएको निरीक्षण र अनुगमन गर्न-गराउनसमेत आदेश दिइएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार उपत्यकामा सडक निर्माणका कारण वायु प्रदूषण बढेको जनाउँदै अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस