बाघ आतङ्कले सास्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाघ आतङ्कले सास्ति


१७ माघ २०७३, सोमबार


नवलपरासी । गैँडाँकोट–९ थुम्सीमा आज पाटे बाघ गाउँ पसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा पसेपछि हारगुहार गर्दै स्थानीयवासी चिच्याउन लागेपछि बाघ नजिकैको युनाइटेड पोलिस्याक्स उद्योगभित्र प्रवेश गरेको थियो । कोठाभित्र पसेको बाघलाई अहिले ताल्चा लगाएर राखिएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले बताए ।

निकुन्जको टोली मङ्गलबार आई बाघ नियन्त्रणमा लिएर निकुन्जमा छाडिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस