पाटा नेपाल च्याप्टरको मानव संसाधन विकास तालिम « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाटा नेपाल च्याप्टरको मानव संसाधन विकास तालिम


१७ माघ २०७३, सोमबार


काठमाडौँ । पर्यटन क्षेत्रमा जनशक्तिको सीप तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मानव संसाधन विकाससम्बन्धी तालिम आयोजना गरेको छ ।

पाटाले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा सोमवारदेखि काठमाडौँमा ‘स्मार्ट प्राक्टिसेस इन रेस्टुरेन्ट विजनेस’ शीर्षकमा दुईदिने प्रशिक्षण आयोजना गरेको हो ।

तालिममा विशेष प्रशिक्षणका रुपमा हङ्कङ पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर डा मुरे म्याकन्सी र र्यान स्मिथको प्रस्तुती रहने छ । होटेल, रेस्टुरेन्ट, एयरलाइन्स तथा होटेल म्यानेजमेन्ट कलेजका करिब १९० जना तालिममा सहभागी छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मानव संसाधन सीप विकास र सेवा सुÞदृढीकरण नेपाली पर्यटन क्षेत्रमा आवश्यक भएको बताए ।

प्रशिक्षकहरुले रेस्टुरेन्ट तथा क्याटरिङ विजनेसमा नवीनतम तथा सफल अभ्यासअन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेन्ट टेक्नोलोजी, वाइन सेलिङ एन्ड मार्केटिङ, फुड एन्ड वाइन पेरिङ, वाइन टेस्टिङ जस्ता विषयमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेशसिंह बडालले जानकारी दिए ।

यसैगरी आगामी फेब्रुअरी २ मा रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल–पोखरासँगको सहकार्यमा पोखरामा समेत एकदिने तालिम आयोजना गरिने उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस