Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वारको आन्दोलनप्रति पिपिएलको ध्यानाकर्षण


१७ माघ २०७३, सोमबार


काठमाडौँ । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन, नेपालले (पिपिएलए) ले उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर नेपाल वार एसोसिएसनले सार्वजनिक गरेको विरोधबाट उत्पन्न परिस्थितिका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्गठनका महासचिव ईश्वरीप्रसाद भट्टराईले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा उच्च अदालतको न्यायाधीश जस्तो गरिमामय पदमा कानुन व्यवसायीबाट गरिएको नियुक्तिमा व्यावसायिकता, वरिष्ठता, पेसागत अनुभव र समावेशीताको सन्तुलन नगरी राजनीतिक हस्तक्षेप गरिएको प्रति आपत्ति प्रकट गरिएको छ ।

सङ्गठनले प्रधानन्यायाधीश र वारबीच तत्काल वार्ता र संवादको समस्या समाधान गर्न आह्वानसमेत गरेको छ ।

विज्ञप्तिमा न्यायपरिषद्मा नेपाल बारको तर्फबाट प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलाले न्यायपरिषद्को बैठक छाडेर आफ्नो संवैधानिक दायित्व निर्वाह नगरेको हुँदा निजलाई अविलम्ब फिर्ता बोलाउन वारलाई आह्वान गरेको बताइएको छ ।

वारजस्तो न्यायपालिकाको अभिन्न अङ्गले सर्वोच्च अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने कुरा न्यायिक मूल्य मान्यता तथा न्यायिक स्वतन्त्रता एवम् स्वयम् नेपाल वारको मर्यादाको विरुद्धमा रहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस