Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन वैज्ञानिक नभएको सांसदहरुको गुनासो


प्रशासन संवाददाता

१७ माघ २०७३, सोमबार


काठमाडौँ । व्यवस्थापिका–ससद्को बैठकको विशेष समयमा नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन हचुवाका भरमा तयार भएको र बारा जिल्ला पनि त्यसबाट अछुतो नरहेको भन्दै स्थानीय तहमा असन्तुष्टि बढेको बताएका छन् ।

उनले जनसङ्ख्या र भूगोलका आधारमा प्रतिवेदन तयार हुनुपर्नेमा त्यसो नभएकामा आपत्ति जनाए ।

नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन संविधानको मर्मअनुरुप नभएकाले त्यसलाई खारेज गर्नुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दशगजामा भारतले भौतिक संरचना निर्माण गरेको, भारतले नेपालमा हस्तक्षेप बढाएको, भारतीय शासकले नेपाललाई दुःख दिएकाले भारतीय हस्तक्षेप र अवाञ्छित गतिविधि रोक्न नेपाल सरकारलाई सदनबाटै निर्देशन हुनुपर्ने माग गरे ।

सांसद लक्ष्मण राजवंशीले नेपालीले आ–आफ्नो मातृभाषामा लेख्न पढ्न र सरकारी अड्डा अदालतमा आवेदन गर्न पाउने व्यवस्था हुनुपर्ने बताए ।
नेकपा एमालेका लालबहादुर रावलले पश्चिम सेती जलविद्युत् आयोजनाको काम तत्काल सुरु गर्न माग गरे । उनले ३२ वर्षअघिदेखि निर्माणको चर्चा भएको उक्त आयोजनाको निर्माण थालनी नहुनु विडम्बना भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस