Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कञ्चनपुरमा आधा दर्जन गाउँका बासिन्दा आर्सेनिकयुक्त पानी पिउँदै


१७ माघ २०७३, सोमबार


कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।

शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि, असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन् ।

नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलीले गरेको अध्ययनमा हातेपम्पबाट तानिने पानीमा आर्सेनिकको मात्रा अधिक रहेको पाइएको हो ।

“हातेपम्प २० फुटदेखि ४० फुटसम्म गाडिएका क्षेत्रमा बढी आर्सेनिकयुक्त पानी पाइएको छ”

अध्ययनका क्रममा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ५० पिपिएभन्दा बढी रहेको बताएको रिव्स इन्जिनियरिङ कन्सल्टेन्ट तथा डेभलपमेन्ट कन्सल्टेन्ट प्रालिका परामर्शदाता डा केदार दाहालले बताए । “हातेपम्प २० फुटदेखि ४० फुटसम्म गाडिएका क्षेत्रमा बढी आर्सेनिकयुक्त पानी पाइएको छ” – उनले भने ।

हातेपम्प सय मिटरमुनि गाडिएको पानीमात्रै खान योग्य हुने उनको भनाइ छ । असैना निवासी ज्ञानबहादुर विष्टले केही वर्षअघि गैरसरकारी संस्थाले समेत जाँच गर्दा आर्सेनिकयुक्त ठहर्याइएका हातेपम्पबाट तानिएको पानी पनि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका छन् ।

नगरपालिकाका करिव ९० प्रतिशत बासिन्दा हातेपम्पको पानी प्रयोग गर्छन् ।

“रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, स्वास्थ्य सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ ।”

आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा छालाका रोगहरु, आन्द्रा, दाँतको सङ्क्रमणसँगै दीर्घकालीन आर्सेनिकोसिस रोग लागि छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहने पिपलाडी स्वास्थ्य चौकीका सिनियर अहेब चेतराज भट्टले बताए ।

“गर्भवती महिलालाई समेत आर्सेनिकयुक्त पानीले असर पु¥याउँछ” – उनले भने, “ लगातार दुईदेखि १० वर्षसम्म आर्सेनिक धेरै भएको पानी खाने मानिसलाई रोग देखिन सक्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, स्वास्थ्य सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ ।”

निर्धारित मापदण्डअनुसार पानी न्यूनतम् १० माइक्रोग्राम प्रतिलिटर आर्सेनिक भए बाह्य सरसफाइका लागि प्रयोग गर्न सकिने र न्यूनतम शून्य दशमलब ०५ माइक्रो प्रतिलिटर मात्रै पिउन योग्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले भने एक लिटरमा १० माइक्रो ग्रामसम्म आर्सेनिकयुक्त पानी पिउन योग्य मानेको छ । रासस

प्रतिक्रिया दिनुहोस