Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपत्यकाको धुलो कम गर्न ‘ब्रुमर’ लगाइने


१७ माघ २०७३, सोमबार


काठमाडौँ। उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ गर्न निर्देशन दिएपछि यो यन्त्र प्रयोग गर्न लागिएको हो ।

पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए ।

उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए ।

“सडक विभागमा उपयोग नभई बसेका तीनवटा ब्रुमर रहेछन्, ती ब्रुमर लिएर आयोजनाले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइ गर्न निर्देशन दिइएको छ, केही दिनमै ब्रुमरले सडक सफाइ सुरु गर्नेछ” – उनले भने ।

पानी वितरणका लागि उपत्यकामा ७६० किलोमिटर पाइप बिच्छ्याउने काम अहिले भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी कालोपत्रे मात्र गर्ने र २०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्र गर्न विभागसँग सम्झौता भएको छ ।

दिउँसो पाइप ओच्छ्याउँदा सवारी चाप हुने भएकाले निर्देशनालयले धेरै स्थानमा राति काम गरिरहेको छ । सवारी चाप नहुने ठाउँमा मात्र दिउँसो काम भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।

दिउँसो पानी हालेर धुलो कम गर्दा पनि सवारी चाप हुने भएकाले यो यन्त्रले सडक सफाइ गर्न लागिएको सचिव उपाध्यायले बताए । रासस

 

प्रतिक्रिया दिनुहोस