Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीको आह्वानमा बसेको सरकार र मोर्चाको बैठक निष्कर्षविहीन


१७ माघ २०७३, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार विहान करिब दुई घन्टा भएको छलफलमा उल्लेखित दुबै विषयमा सहमति खोज्ने प्रयास भएपनि कुनै निष्कर्ष निस्किएन । यद्यपि, अबको एक÷दुई दिनभित्रै पुनः बैठक बसी सहमति खोज्ने दुबैतर्फका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मंगलवार छलफल गरी अर्को निर्णायक बैठक गर्ने बताइएको छ ।

मोर्चाले संशोधन टुङ्गो नलगाई कुनै पनि निर्वाचन अघि बढ्न नसक्ने बताएपछि त्यस विषयमा दलीय सहमति जुटाउन अर्को बैठक गर्ने सहमति भएको हो ।

बैठकमा दुबै पक्षको अडानले सहमति जुटेन । सरकारको तर्फबाट प्रधानमन्त्रीले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयलाई एकैसाथ लैजाने प्रस्ताव राखेका थिए । तर मोर्चाले संशोधन टुङ्गो नलगाई कुनै पनि निर्वाचन अघि बढ्न नसक्ने बताएपछि त्यस विषयमा दलीय सहमति जुटाउन अर्को बैठक गर्ने सहमति भएको हो ।

संशोधन र निर्वाचनबारे बुधबारसम्म दलीय परामर्श गरी टुङ्गो लगाउने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन र निर्वाचनबारे छलफललाई केन्द्रित गरेका र संशोधनको प्रक्रिया पनि अघि बढाउने तर निर्वाचनको दिशामा पनि देशलाई लैजानुपर्ने बताएका थिए ।

मोर्चाले संशोधन प्रक्रियालाई टुङ्ग्याएर मात्रै निर्वाचनमा लाग्नुपर्ने धारणा राखेपछि यो विषयमा भोलि या पर्सी तत्कालै छलफल गरी ठोस निष्कर्ष निकाल्न आजको बैठकको निरन्तरतामा अर्को बैठक बस्ने सहमति भएको छ,”–उनले भने ।
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संशोधन विधेयक र निर्वाचनबारे वृहत र सकारात्मक छलफल भएपनि विषयवस्तुको टुङ्गो नलागेकाले अर्को बैठक बसी सहमति गर्ने निर्णय भएको बताए ।
बैठकमा मोर्चाको तर्फबाट निर्वाचनको मिति अहिले घोषणा गर्ने कि नगर्ने तथा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने या नगर्नेबारे छलफल भएको छ । उक्त विषयमा प्रधानमन्त्रीले गम्भीर रुपमा छलफल गरी आवश्यक निर्णय लिने धारणा राख्नुभएको नेता कर्णले बताए । रासस

प्रतिक्रिया दिनुहोस