भक्तपुर अस्पतालमा आइसियु सेवाका लागि पहल गरिने « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

भक्तपुर अस्पतालमा आइसियु सेवाका लागि पहल गरिने


१७ माघ २०७३, सोमबार


भक्तपुर । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ ।

अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्काले सोमवार पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आइसियु सञ्चालनमा ल्याउने कार्यमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

अस्पतालमा आइसियु सेवा सञ्चालनमा नआउँदा धेरै बिरामी बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको आफूले पाएको बताउँदै उनले यस्ता समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताए ।

उनलाई अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

डा केसीले उनलाई अस्पतालले दिँदै आएको सेवा, सुविधा, अस्पतालको अवस्था, गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस