Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वास्थ्य शिविरमा चार सय बढी लाभान्वित


१७ माघ २०७३, सोमबार


पाँचथर । पाँचथर जिल्लाको विकट र दुर्गम गाविसलाई लक्षित गरी आयोजना गरिएको दुई दिने स्वास्थ्य शिविरमा ४०० बढी सेवाग्राही लाभान्वित भएका छन् ।

नेपाली सेना, भैरवीदल गण पाँचथर र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको संयुक्त आयोजनामा शनिबार र आइतबार सञ्चालन भएको स्वास्थ्य शिविरमा ४२४ जना सेवाग्राही लाभान्वित भएका हुन् ।

जिल्लाको आङ्ना, मौवा र वलने गाविसका स्थानीयलाई लक्षित गरी मौवाबजारमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा हाडजोर्नी, बाथरोग, मधुमेह, पेट दुख्ने छालासम्बन्धी बिरामी र म्रिगौला परीक्षण समेत गरिएको थियो । त्यस ठाउँका महिला पुरुष गरी २५३ जना बिरामी लाभान्वित भएको भैरवीदलका गणपति शिवराम पन्तले जानकारी दिए ।

उनका अनुसार आइतबार कुरुम्बा, लिम्बा र दुरदिम्बा गाविसका स्थानीयलाई लक्षित गरेर पाँचथर र धनकुटाको सिमाना ६ नम्बर बुधबारेमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७१ जना सेवाग्राही लाभान्वित भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस