Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नाचगान गरेर जुटाएको नगद विद्युतीकरणमा


१७ माघ २०७३, सोमबार


बाबियाचौर (म्याग्दी)  । म्याग्दीको बिमका बासिन्दाले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् ।

बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर सङ्कलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन् । चार वटा वडामा रहेका आमा समूह, पुर्ख्यौली समूह र युवा क्लबले सात लाख सहयोग गरेका विद्युतीकरण उपभोक्ता समितिका सदस्य वुद्धिबहादुर जुक्जालीले जानकारी दिए ।

सदस्य जुक्जालीका अनुसार स्थानीय सङ्घ संस्थाले गाउँमा लाहुरे स्वागत, विभिन्न सभा समारोह र सार्वजनिक कार्यक्रममा नृत्य देखाएर सङ्कलन भएको रकम विद्युतीकरण उपभोक्ता समितिलाई उपलब्ध गराएका हुन् । बिममा विदेशबाट घर आएका प्रवासीलाई नृत्य देखाएर स्वागत गर्ने चलन रहेको छ ।

स्थानीय सङ्घ संस्थाको सहयोगको अलावा विद्युतीकरण योजनाका लागि १९२ घरधुरीबाट प्रतिघरधुरी १० हजारका दरले नगद सङ्कलन गरिएको छ । सरकारी निकायको बजेट कुर्दा ढिलाइ हुने र पर्याप्त सहयोग नपाउने भएकाले स्थानीयस्तरमै आर्थिक सङ्कलन गरेर विद्युतीकरण गर्ने तयारी गरिएको हो ।

यस वर्ष जिविसले छ लाख ५० हजार बजेट विनियोजन गरेको बिम विद्युतीकरण योजनाअन्तर्गत पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गर्ने काम सकिएको छ । पहिलो चरणमा चार वटा वडाका करिब २०० घरमा यसै महिनाभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रेशम जुक्जालीले बताए ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको प्राविधिक सहयोगमा बिममा विद्युतीकरण योजना सञ्चालन भएको हो । त्यहाँका बासिन्दाले हाल उज्यालोका लागि सोलार प्रयोग गर्दै आएका छन् । दोस्रो चरणमा डाँडागाउँ, बाइन्दफाटलगायतका बस्तीमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् लाइन विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष जुक्जालीले बताए । रासस

प्रतिक्रिया दिनुहोस