Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दशरथ चन्द स्मृति यू–१९ क्रिकेटको उपाधि निङ्गलाशैनीलाई


प्रशासन संवाददाता

१६ माघ २०७३, आइतबार


बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ ।

बुढाबाजे क्रिकेट मैदान रातामाटामा आइतवार भएको फाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लब, मेलौलीलाई ४८ रनले हराउँदै निङ्गलाशैनीले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित ४० ओभरमा खडक बोहराको अविजित ११४ रनको मद्दतमा तीन विकेट गुमाउँदै २७५ रन बनायो ।
दुई सय ७६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको योङ्गस्टार क्लबले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै २२७ रन मात्र बनायो । उसका लागि प्रकाश साउदले ६९ रन बनाए ।

उपाधिसँगै निङ्गलाशैनीले ५० हजार तथा उपविजेता योङ्गस्टारले २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर ३२७ रन तथा १२ विकेट लिएका योङ्गस्टार क्लबका प्रकाश सिंह म्यान अफ द सिरिज घोषित भई रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजयी टोलीलाई आयोजक सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावल, जिल्ला क्रिकेट सङ्घ बैतडीका अध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । सहिद दशरथ चन्दको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस