धनगढीबाट ५० किलो चरेश वरामद « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धनगढीबाट ५० किलो चरेश वरामद


१६ माघ २०७३, आइतबार


कैलाली । कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीबाट आईतबार दिउसो प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा ५ वटा बोरामा करिब ५० किलो भन्दा बढी चरेस बरामद गरेको छ ।

क्षेत्रीय अनुसन्धान समुह सुदूरपश्चिमका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको समूहले देबबहादुर सिंहको घरमा बोरामा लुकाई छिपाई राखेको अवस्थामा चरेस बरामद गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजय भट्टले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका लागि सिंहलाई हिरासतमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस