चन्दरलाल कठरिया भलमन्सा चयन « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

चन्दरलाल कठरिया भलमन्सा चयन


१६ माघ २०७३, आइतबार


कैलाली । कैलालीको पहलमानपुरस्थित सिसैया गाउँको नयाँ नेतृत्व चयनका लागि आइतवार भएको गाउँलेहरुको भेला तथा भुरा खेल कार्यक्रमले चन्दरलाल कठरियालाई सर्वसम्मत रुपमा भल्मन्सामा चयन गरेको छ ।

त्यस्तै  उप–भल्मन्सामा गीतादेवी कठरिया, सचिवमा नाथुराम चौधरी र चौकीदारमा राजबहादुर चौधरीलाई चयन गरिएको छ । सम्पुर्ण गाउंलेहरुको भेलाले पण्डित राम कठरियाको संयोजकत्वमा ५ सदस्य सल्लाहकारसमेत गठन गरेको छ । जसको सदस्यहरुमा सियाराम चौधरी, पूर्णबहादुर चौधरी, रामनरेश कठरिया र फुलमती कठरिया छन् ।

प्रतिक्रिया दिनुहोस