खेलकुद क्षेत्र सकारात्मक दिशामा अगाडि बढेको छः मन्त्री श्रीपाइली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खेलकुद क्षेत्र सकारात्मक दिशामा अगाडि बढेको छः मन्त्री श्रीपाइली


१५ माघ २०७३, शनिबार


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपालको खेलकुद क्षेत्र पछिल्लो समय सकारात्मक रुपमा अगाडि बढेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले सरकारले १५ वर्षे खेलकुद रणनीति योजना बनाउन लागेको जानकारी दिए ।
मन्त्री श्रीपाइलीलले “खेलकुद विकासका लागि खेलकुद विश्वविद्यालय, खेलकुद अस्पताल, खेलाडी बिमा र खेलाडी परिचयपत्र दिन लागेका छौँ” भन्दै एक करोडभन्दा बढी जनसङ्ख्या रहेको युवालाई विकास निर्माणमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सरकारले योजना बनाएर कार्य गरिरहेको बताए ।

सन् २०१९ मा हुन लागेको १३ औँ साफ प्रतियोगिताका लागि पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उनले ओलम्पिक क्षेत्रमा देखिएको विवादलाई मिलाएर अगाडि बढ्न लागेको बताए ।

मन्त्री श्रीपाइलीले युवा परिषद्मा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस