पार्टीलाई शसक्त बनाउन कार्यकर्तालाई प्रशिक्षण « प्रशासन
prasaLogo
१५ माघ २०७३, शनिबार

पार्टीलाई शसक्त बनाउन कार्यकर्तालाई प्रशिक्षण


प्रकाशित मिति : 28 January, 2017 4:24 pm

कैलाली । नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले कृयाशिल सदस्यलाई पार्टी र जनताप्रती उत्तरदायी हुन तथा रास्ट« यता समाजबाद लोकतन्त्रका बारेमा सशक्त बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

पार्टिको कार्यनिति अनुसार क्षेत्र न ६ को सहयोग र नेपाली काँग्रेस धनगढी उपमहानगर वडा नं. १ को आयोजनामा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाट सनिवार क्षेत्र न ६ सांसद तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले गरे।

सांसद ओझाले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन यस्ता प्रशिक्षिणले निकै टेवा पुग्ने बताए । उनले नेपाली काँग्रेसले देश विकासमा खेलेको अग्रणी भुमिका अब जनता सम्म पुर्याउनु पर्ने बताए ।
शारदा सुनाम, भीम पडाल, कमल जोशी, पुष्पा भट्टले र भिम बहादुर बलायर संगठन, नीति, सिद्धान्त, विचार, लोकतन्त्र, समाजबाद, राष्टृयता बारे कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।

महादेव सोवको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद् प्यारेलाल राना, नेपाली काँग्रेस क्षेत्र नम्वर ६ का सभापती हरिश खड्का, नेता कृष्ण बहादुर महरा, महासमिती सदस्य रत्ना मल्ल लगाएतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । गणेश देव पार्कीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव गोपाल खड्काले गरेकाथिए।

प्रतिक्रिया दिनुहोस