अतिसार भयो दरबारका कुरा
जब सुने मैले सरकारका कुरा
उठ सपुतहरु, चाहिदैन भनी
देशै तोड्ने अधिकारका कुरा
आमाको अङ्ग टुक्रा–टुक्रा पारी
मात्र गर्छन यिनी ब्यापारका कुरा
जसको हर्कतले देशै डुब्न लाग्यो
अझ गर्छ उहीँ सन्सारका कुरा
हातेमालो गरौ देशको लागि
आउ छाडी सबै बिचारका कुरा