Logo २० कार्तिक २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्राधिकरणको दुइ करोड बक्यौता असुली


१४ माघ २०७३, शुक्रबार


पथरी (मोरङ)  । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ ।

प्राधिकरण विराटनगर प्रमुख शम्भु कुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुलेको हो ।

लामो समयदेखि बिल नतिर्ने तीनसय ६० ग्राहकको लाइन काटेकामा तीनसय २५ जनाले रकम तिरेर पुनः लाइन जडान गरेपछि सो रकम असुल भएको प्राधिकरणका विराटनगर प्रमुख यादवको भनाइ छ । १० हजारभन्दा बढी रकम नतिर्ने ग्राहकको लाइन काट्ने गरेको समेत उहाँको भनाइ छ ।  रासस

प्रतिक्रिया दिनुहोस