Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तहको निर्वाचन अपरिहार्यः नेता बडू


१४ माघ २०७३, शुक्रबार


बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

बिहीबार काँग्रेस बैतडीले मेलौलीमा आयोजना गरेको आमसभामा प्रमुख अतिथि नेता बडूले स्थानीय तहको निर्वाचन भए मात्रै देशमा देखिएको सङ्क्रमणकालीन राजनीति अन्त्य हुने दाबी गरे । नेपाली काँग्रेस जहिले पनि निर्वाचनको पक्षमा रहेको र आवधिक निर्वाचनका लागि कार्यकर्तालाई उनले निर्देशनसमेत दिए । एक अर्को प्रसङ्गमा नेता बडूले प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन नचाहेको आरोप लगाए ।

एमालेले द्वैध चरित्र देखाएको र निर्वाचनका लागि तयार नभएको समेत उहाँले आरोप लगाए । निर्वाचनलाई अघि बढाउन संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुनुपर्नेमा नेता बडूले जोड दिए । देश अहिले खतरामा रहेकाले देश बचाउने जिम्मेवारी सबैको रहेको नेता बडूले बताए । अहिले सम्मका सबै परिवर्तन काँग्रेसको नेतृत्वमा भएको भन्दै उनले संविधान कार्यान्वयन पनि नेपाली काँग्रेसकै नेतृत्वमा हुने बताए ।

नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा आमसभा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस