पोखरा वृद्धाश्रम भवन उद्घाटनः मन्त्री खड्का « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

पोखरा वृद्धाश्रम भवन उद्घाटनः मन्त्री खड्का


१४ माघ २०७३, शुक्रबार


पोखरा । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा वृद्धाश्रमको नवनिर्मित भवनको बिहिवार उद्घाटन गरेका छन् ।

पोखरा उपमहानगरपालिका–१७ सीतापाइलास्थित एक करोड ५९ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । जसमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको ७७ लाख सहयोग रहेको छ भने बाँकी स्थानीय जनसहयोग परिचालनवाट सक्कलन गरिएको बताइएको छ ।

बीस कोठे सुविधासम्पन्न सो भवन बनेपछि वृद्धाश्रममा रहेका ६६ जना वृद्धवृद्धाहरुलाई वस्न सुविधा पुगेको वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष वसन्तकेशव पराजुलीले जानकारी दिए ।

सो अवसरमा मन्त्री खड्काले देशका सातवटै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम भवन बनाउने मन्त्रालयको लक्ष रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस