Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

समाजशास्त्रीय दृष्टिकोणले ‘दसैँ र तिहार’ को ठूलो महत्व


१४ माघ २०७३, शुक्रबार


काठमाडौँ । समाजशास्त्रीय दृष्टिकोणले नेपालमा परम्परादेखि मनाइँदै आएको ‘दसैँ र तिहार’ को ठूलो महत्व रहेको औँल्याइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले दसैँ र तिहारको समयमा मानिसलाई पाठपूजा र रमाइलो गर्न तुलनात्मक रुपमा फुर्सद हुने बताए ।

संस्कृतिविद् मोदनाथ प्रश्रितले कृषि प्रणालीको युग सुरु भएपछि समाजमा जेठदेखि भदौसम्म कृषि उत्पादनका लागि व्यस्त हुनुपर्ने, असोजमा फलफूल तथा खाद्य बालीको सङ्ग्रह भई इष्टमित्र भेट्ने तथा पूजा गर्न उपयुक्त भएकाले दसैँको परम्परा विकास भएको विचार व्यक्त गरे ।

उनले भारत वर्षमा रामले रावणलाई हराएको स्मरणमा असत्यमाथि सत्यको विजयका रुपमा उत्सव मनाइन थालिएको र त्यो समय चैतमा भएकाले चैते दसैँका रुपमा मनाउने परम्परा पनि रहेको शास्त्रीय मान्यता पनि रहेको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. गङ्गाप्रसाद उप्रेतीले प्राचीन समयमा समाजलाई एकताबद्ध बनाउन विभिन्न उत्सव, परम्परा र संस्कृतिको विकास गरिएको बताउँदै त्यसको महत्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

संस्कृतिकर्मी मीन श्रीषमगरले तिहारको पूर्वसन्ध्यामा गाईपूजाका दिन मानिसले स्नान गरी घर, आँगन तथा गोठमा गरिने सफाइले शुद्धीकरण ल्याउने विचार व्यक्त गर्दै तत्कालीन अर्थतन्त्रलाई चलायमान बनाउन देउसी तथा भैलोका अवसरमा दक्षिणा बाँड्ने परम्परासमेत बसेको बताए । रासस

प्रतिक्रिया दिनुहोस