५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सातापछि स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ: सभापति देउवा

अ+ अ-

दाङ, १३ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अवको एकसाता पछि स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले विहिबारदेखि सञ्चालन गरेको मध्यपश्चिम व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भने- “प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक ठाउँमा आउनुको विकल्प छैन, तपाईँहरु ढुक्क हुनुहोस्, हामीहरुले चुनाव गराएरै छाड्छौँ ।”

हाल देखिएको विवाद मिलाएर स्थानीय तह चुनावको घोषणा हुने बताउदै उनले अबको एक सातापछि स्थानीय निर्वाचनको मिति घोषणा हुने बताए ।

देउवाले भने “जसरी सबै दल मिलेर संविधान जारी गरेका थियौँ, त्यसैगरी कार्यान्वयनमा पनि एक हुन अति आवश्यक छ ।”

महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन तथा अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्ने बताउँदै उनले निजी क्षेत्रको लगानीबिना देशको विकास नहुने भएकाले निजी क्षेत्रलाई साथै लैजानुपर्ने औंल्याए ।

सोही अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले तीन दल मिल्नुको विकल्प नभएको बताए। “लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि तीन दल एक ठाउँमा आउनुपर्छ”–उनले भने, “यो वा त्यो दल हैन, यदी हामीहरु समयमै मिल्न सकेनौं भने प्राप्त उपलब्धि सबै गुम्नेछन्, सबै दलहरु असफल हुनेछौँ ।”

यही माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न कृषि, पर्यटन र मनोरञ्जनका स्टल राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस