जडीबुटीको अवैध निकासी गर्न खोज्ने ठेकेदारलाई कारबाही भएन « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जडीबुटीको अवैध निकासी गर्न खोज्ने ठेकेदारलाई कारबाही भएन


१३ माघ २०७३, बिहिबार


बाजुरा । जिल्लाको सम्पत्तिका रुपमा रहेको जडीबुटी अवैध रुपमा निकासी भइरहँदा सम्बन्धित निकाय भने मौनता साँधेर बसेका छन् । पटक–पटक अवैध रुपमा करोडौँको नोक्सानी हुने गरी ठेकेदारले ५५ खाले जडीबुटी निकासी गर्दा पनि कुनै चासो नदेखाइएको स्थानीयवासीले बताउने गरेका छन् ।

गत मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र इलाका वन कार्यालय कोल्टीको संयुक्त टोलीले अवैध रुपमा निकासी गर्न लागेको जानकारी पाएपछि ती जडीबुटी बरामद गरिएको थियो ।

जिल्लाका उत्तरी भेगबाट अवैध रुपमा सङ्कलन गरिएको करोडौँ मूल्यको जडीबुटी निकासी हुन लाग्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यालयका अनुसार अवैध जडीबुटी बरामदपछि जिल्ला वन कार्यालयअन्तर्गत इलाका वन कार्यालयलाई बुझाइएको थियो ।

जडीबुटी निकासी गर्न खोज्ने दशजना ठेकेदारका नाममा पक्राउ पुर्जी काटिएको एक महिना बितिसक्दा पनि उनीहरु पक्राउ नपरेको जिल्ला वन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख मनकुमार छन्त्यालले बताए । उनले पक्राउ पुर्जी दिएको एक महिनासम्म पनि पक्राउ गर्न नसकेको स्वीकार गरेका छन् । दुई थरीबीच आरोप प्रत्यारोप चल्दा पक्राउ गर्न नसकिएको बताइन्छ ।

अवैध रुपमा करोडौँ जडीबुटीको कारोबार गर्ने ठेकेदारलाई राजनीतिक संरक्षण दिइएका कारण पक्राउ नगरिएको एक स्रोतले जनाएको छ ।

जिल्ला वन कार्यालयको मातहतमा रहेको इलाका वन कार्यालय कोल्टीले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट एक करोड ७९ लाख बढी मूल्यको जडीबुटी बरामद गरेको थियो । विशेष सुराकीका आधारमा अवैध जडीबुटी बरामद गरिएको हो । प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी अवैध जडीबुटी बरामद गरेको थियो ।

वन कार्यालयले नौ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी अवैध जडीबुटी सङ्कलन गरेको देखिएको छ । सङ्कलनमा संलग्न १० जना ठेकेदारविरुद्ध अनुसन्धान सुरु गरिएको निमित्त वन अधिकृत छन्त्यालले बताए । वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही र दीपक रेग्मीविरुद्ध अनुसन्धान गरिरहेको छ ।

ठेकेदारलाई बचाउन राजनीतिक दलले दबाब दिँदै आएको बुझिएको छ । जडीबुटी व्यवसायी र जिल्ला वन अधिकृत वेसेन्द्रराज सुवेदीबीच पाँच लाखको लेनदेनमा कुरा नमिलेका कारण जिल्ला वन अधिकृत रातारात जिल्ला छाडेर गएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस