Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर समयानुकुल समायोजन हुने–अर्थमन्त्री


१३ माघ २०७३, बिहिबार


ललितपुर । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक क्षेत्रको गतिशिलताले राज्यको विकासको कार्यक्रम द्रुत गतिले अगाडि बढ्न सक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा ६५ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधवार आयोजित अन्तरक्रियामा उनले भन्सार, उद्योग व्यवसायी बीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री महराले आर्थिक ऐनसम्बन्धी नीतिगत विषय परिवर्तन बजेटमार्फत गरिने प्रावधान रहेको बताए ।

उपप्रधानमन्त्री महराले राज्यले लगाउँदै आएको कर तथा भन्सारसम्बन्धी ऐन, विनियम समयानुकूल समायोजन हुँदै जानुपर्ने बताए ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले विश्वासिलो व्यवसायीलाई भन्सार सुविधा दिनुपर्नेमा जोड दिए । उनले चालु आवभित्र २४६ अर्ब भन्सार क्षेत्रबाट राजस्व उठाउने लक्ष्य रहेको बताए ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाले वस्तुमा लगाइने मूल्याङ्कन नै ठूलो समस्या भएको धारणा राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस