राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउँछु– मन्त्री खड्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउँछु– मन्त्री खड्का


१३ माघ २०७३, बिहिबार


पोखरा । महिला, बालबालिका एवम् समाज कल्याणमन्त्री कुमार खड्काले राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । ।

मन्त्री खड्काले अखण्ड नेपाल पार्टी कास्कीद्वारा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा छोराछोरीबाट अपहेलित बन्दै बाबुआमा वृद्धाश्रममा गएर बस्नुपरेका घटना बढ्दै गएकाले अब तिनका छोराछोरीले कमाएको सम्पत्तिमा राज्यले कर लगाउने र असुल गरेको कर बाबुआमाको खातामा लगेर जम्मा गरिदिने व्यवस्था लगायतका विधेयक संसद्मा लगिने जानकारी गराए ।

उनको प्रश्न थियो – “बाबुआमाले कमाएको अंशमा छोराछोरीको हक लाग्ने तर छोराछोरीले कमाएको सम्पत्तिमा वृद्धवृद्धा बाबुआमाको हक किन नलाग्ने ।”

उनी अखण्ड नेपाल पार्टीका अध्यक्ष हुन । मन्त्री खड्काले बुधवार नै यहाँस्थित महिला तथा बालबालिका कार्यालयको निरीक्षण पनि गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस