Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अन्नपूर्ण आधार शिविरमा स्की खेल प्रशिक्षण हुने


प्रशासन संवाददाता

११ माघ २०७३, मंगलबार


काठमाडौँ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण हिमालको आधार शिविरमा साहसिक खेलका रुपमा लिइएको स्की खेल प्रशिक्षण र महोत्सव गरिने भएको छ ।

स्वदेशी विदेशी पर्यटकहरुको उत्कृष्ट पदयात्रा क्षेत्रका रुपमा ख्याति कमाएको अन्नपूर्ण आधार शिविरमा हिउँ पर्ने मौसममा थप पर्यटकीय क्रियाकलाप बढाउन स्की एन्ड स्नोबोर्डिङ फाउन्डेशनले निःशुल्क प्रशिक्षणसहितको ‘स्की फर नेपाल’ कार्यक्रम गर्न लागिएको हो ।

यही माघ २८ बाट पदयात्रासहित सुरु हुने १३ दिने सो कार्यक्रमको पाँच दिन अन्नपूर्ण हिमालको आधार शिविरमा खेल खेल्ने तरिका, सीप र विविध कौशल सिकाइनेछ ।

पोखरा, नयाँपुल, वीरेठाँटी हुँदै पुगिने करिब चार हजार एकसय मिटर उचाइको सो स्थलमा हिउँ पर्ने मौसम रोजेर गर्न लागिएको कार्यक्रममा स्वदेशी र विदेशी गरेर ५० जना सहभागी हुने फाउन्डेशनका अध्यक्ष उत्सव पाठकले जानकारी दिए । यसमा नेपाली सेनाका तीनजना संस्थागत रुपमा सहभागी हुनेछन् ।

हिउँमा चिप्लेटी खेल्न आवश्यक पर्ने सामग्री र प्रशिक्षण निःशुल्क दिइनेछ । अष्ट्रिया, जर्मनी, अमेरिका र स्वीट्जरल्यान्डका दश विदेशी प्रशिक्षकले प्रशिक्षण दिने फाउन्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले बताए । कार्यक्रममा फिल्म बनाउने तीन क्यामेरामेनसमेत सहभागी हुने छन् ।

नेपालमा प्रशस्त मात्रा रहेको हिमाल, चुली तथा उच्च हिमाली क्षेत्रमा साहसिक खेल स्कीको विकास र विस्तार गरी पर्यटकको वसाई लम्वयाउन तथा उनीहरुलाई साहसिक पर्यटकीय गतिविधिमा सहभागी गराउन स्की खेलको उद्देश्य रहेको यससम्बन्धी गतिविधि चलाउँदै आएका कोषाध्यक्ष काफलेले बताए ।

स्की एन्ड स्नोबोर्डिङ फाउन्डेसनले यसअघि गौरीशङ्कर संरक्षण क्षेत्रको ना भन्ने ठाउँमा ३५ जनालाई स्की खेलको प्रशिक्षण दिएको थियो । मेरा पीक चुलीमा पाँच र दोलखाको कालिञ्चोकमा २० जनालाई प्रशिक्षण दिएको थियो । यस्ता प्रशिक्षणमा युवा, हिमाल तथा पदयात्रा पथप्रर्दशक र विद्यार्थी सहभागी हुने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस