Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकारद्वारा तीन तहको प्रशासनिक जिम्मेवारीको वाँडफाँड तयार


प्रशासन संवाददाता

११ माघ २०७३, मंगलबार


काठमाडौ सङ्घीय संरचना अनुसार सरकारले केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँड तयार पारेको छ ।

मुख्य सचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।

समितिले तयार पारिएको तीनै तहको कार्यको बिश्लेषण गरि जिम्मेवारीको वाँडफाँडसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा रहेको उच्चस्तरिय सङघीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना निर्देशक समिति हुदै मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भई परिषद्कै पूर्वाधार समितिमा अन्तिम टुङगो लगाउन पठाइएको उनले बताए ।

‘‘संविधानले तोके अनुसार समितिले तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी तयार पारेका छन्’’ सचिव थपलियाले भने– ‘‘अव बस्ने निर्देशक समिति बैठकले तयार पारेको कार्यको अन्तिम टुङ्गो लगाउने छ ।’’

उनका अनुसार तीनै तहमा करिव १ हजार ७ सय ८५ कार्यको बाँडफाँड गरिएको छ । जसअनुसार केन्द्रमा ८७०, प्रदेशमा ५५५ र स्थानिय तहमा ३६० प्रशासनिक कार्य रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस