नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीयः कासाम « प्रशासन
prasaLogo
११ माघ २०७३, मंगलवार

नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीयः कासाम


प्रकाशित मिति : 24 January, 2017 11:30 am

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ ।
मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सर्हाना गरेका थिए । उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताएका थिए ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस