ललितपुर दरबार क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिने « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ललितपुर दरबार क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिने


१० माघ २०७३, सोमबार


काठमाडौँ । ललितपुर दरबार स्क्वायर क्षेत्र वरपरका पौराणिक एवम् ऐतिहासिक घरमा स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘होमस्टे’ पर्यटन विकास गर्न सकिने देखिएको छ ।

ललितपुर उद्योग वाणिज्य सङ्ले आयोजना गरेको ‘ललितपुरमा होमस्टे पर्यटन विकास गोष्ठी’मा सहभागी वक्ताहरुले यस क्षेत्रमा होमस्टे पर्यटन विकास गर्न सके पुरातात्विक सम्पदाको अवलोकन गराउन सकिने जनाए ।

पर्यटनविद् डा. सुरेन्द्रभक्त प्रधानाङ्गले होमस्टे पर्यटनको विकासले ललितपुरको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने पर्यटकको बसाइ लम्ब्याउन सकिने र ऐतिहासिक, सांस्कृतिक, कला, कौशल, जीवनशैली तथा स्थानीय वेशभूषाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गराउन सकिने र यसका लागि तीन दिनको कार्यक्रम दिन सकिने बताए ।

आयोजक सङ्घका अध्यक्ष सबिन श्रेष्ठले ललितपुर सहरमा होमस्टे सञ्चालन गर्न आवश्यक रहेको औँल्याए ।

ललितपुर नगरपालिकाका कार्यकरिणी अधिकृत भरतमणि पाण्डेले होमस्टेको महत्वबारे चर्चा गरेको सो गोष्ठीमा ४२ वटा टोल सुधार समितिका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस