भक्तपुर । भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । अस्पतालमा दरबन्दी रहे पनि डाक्टर नहुदा धेरै वर्षदेखि सुरु हुन नसकेकोमा सेवामा डा. रविभूषण सुवाल आएपछि सेवा सुरु भएको हो ।
अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरु भएको छ । यसअघि प्राइभेट (इएचएस) रुपमा त्यहाँं हाडजोर्नीे सेवा सञ्चालनमा थियो ।
अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सेवाका लागि सामान खरिद भइसकेको र निकट भविष्यमै सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार केसीले बताए ।
वीर अस्पतालपछि देशकै दोस्रो पुरानो अस्पतालका रुपमा रहेको यो अस्पतालले सेवाहरु विस्तार गर्दै लगेको छ । रासस