Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

म्याग्दीका ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित


प्रशासन संवाददाता

९ माघ २०७३, आइतबार


म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ ।

चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन् । अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताए ।

छजनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीसहित दुईजना मात्र छन् । “एक÷एकजना हेल्थ असिस्टेन्ट र अनमीसँगै दुईजना अहेबको गत महिना एकैपटक सरुवा भयो”, भण्डारीले भने “एकजना करार अनमी र कार्यालय सहयोगीले संस्था धानेका छन् ।”

अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताए ।

सदरमुकाम बेनीदेखि दुई दिनमा पुगिने म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जामा कार्यरत चारजना स्वास्थ्यकर्मीको अघिल्लो महिना एकैपटक सरुवा भयो । कार्यरत कर्मचारीको सरुवा भएको र नयाँ कर्मचारी नआएकाले समस्या भएको गुर्जाका बासिन्दाले बताएका छन् ।

“दुर्गम भएकाले कर्मचारी आउनै मान्दैनन्, आए पनि यहाँ पूरा समय बसेर काम गर्दैनन्”, गुर्जाका अगुवा रिद्धबहादुर छन्त्यालले भने– “तालिम, गोष्ठीको बहानामा सदरमुकाम जाने स्वास्थ्यकर्मी महिनौँसम्म उतै हराउँछन् । सर्वसाधारण आधारभूत औषधि उपचार सेवाबाट वञ्चित छन् ।”

मुना र गुर्जासँगै भुरुङ तातोपानी, पाखापानी स्वास्थ्य चौकीमा कार्यरत दरबन्दीका सबै स्थायी स्वास्थ्यकर्मी सरुवा भएपछि अहिले करारमा नियुक्त भएका कर्मचारीले धानेका छन् । पर्याप्त जनशक्ति नहुँदा भएका स्वास्थ्यकर्मीलाई कामको बोझ बढेको भगवती स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामा हाल १११ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ ।

विभिन्न तहका ६ जनाको दरबन्दी रहेको भगवती स्वास्थ्य चौकीमा हाल दुईजना मात्र प्राविधिक छन् । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, प्रसूति केन्द्र, गाउँघर क्लिनिक र कार्यालय सञ्चालन गर्न सीमित जनशक्तिलाई समस्या भएको शाहीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामा हाल १११ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । २४ वटा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट पद रिक्त छ । जिल्ला अस्पतालमा तीनजना हेल्थ असिस्टेन्ट र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना अहेबको दरबन्दी खाली भएको अस्पतालका नायब सुब्बा रामचन्द्र रेग्मीले बताए ।

मन्त्रालय, विभाग र क्षेत्रीय निर्देशनालयले जिल्लासँग समन्वय नगरीकन केही स्वास्थ्य संस्थाका सबै कर्मचारीको सरुवा गरिदिएकाले समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख, वरिष्ठ चिकित्सक रोशन न्यौपानले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस